काठमाडौँ– नेपाली फुटबल टिमले कुबेत र मलेसियासंग दुईवटा मैत्री खेल खेल्ने भएको छ । नेपालले कुबेतसंग मार्च २१ मा र मलेसियामा मार्च २६ मा खेल्ने नअखिल नेपाल फुटबल संघ (एन्फ) ले जनाएको छ ।


ADVERTISEMENT


नेपालले कुबेतसंग पाँचौँ पटक र मलेसियासंग सातौँ पटक खेल्न लागेको हो । नवनियुक्त मुख्य प्रशिक्षक जोहान कलिनले मैत्री खेलका लागि चाँडै नै अन्तिम खेलाडी घोषणा गर्ने एन्फाले बताएको छ ।


ADVERTISEMENT

# # #


‘यो मेरो पहिलो काम हो । यी दुई खेल म र टिमका लागि महत्वपूर्ण हुनेछ ।’ प्रशिक्षक कलिनले भने ।