काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथथा सांसद गगन थापाले सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिमा प्रयोग भएको भाषाप्रतिअसन्तुष्टि जनाएका छन् ।


ADVERTISEMENT


आइतबार संसदको शून्य समयमा बोल्दै सांसद थापाले उनले दुई पक्षबीच भएको सहमतिको पृष्ठभूमी र शैलीले सरकार र अदालतबीच मिलोमोतो रहेको शंका व्यक्त गरे । ‘नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको सीमाभित्र मधेश र मधेशीको हक खोज्ने भनी भएको सहमती सकारात्मक छ’ उनले भने, ‘तर सहमतिको पृष्ठभूमी र शैलीले अदालत र सरकारबीच कतै मिलीभगत त चलिरहेको छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।’


ADVERTISEMENT

# # #


यस्तै उनले सहमतीमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ । उनले समहतीको २ नम्बर बुँदामा भएको ‘असन्तुष्टीहरुलाई जनमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने’ भन्ने वाक्यले जनमत संग्रह भन्न खोजेको भए के का लागि र कसका लागि जनमत संग्रह गर्ने त्यसको उत्तर दिनुपर्ने बताए ।

उनले भने, ‘केका लागि जनमत संग्रह, कसका लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ ।’

सहमतीको बारेमा सदनलाई जानकारी गराउन सरकारसंग माग गर्दै सांसद थापाले यस विषयमा सदनमा छलफल गर्नुपर्ने बताए ।