एजेन्सी – इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना थियो ।


ADVERTISEMENT

# # #


फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो । इथियोपिया एयरलाइन्स अफ्रिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्समा पर्दछ । यसमा नयाँ विमानहरु ल्याइएको भएर यसलाई सुरक्षित पनि मानिन्छ । एजेन्सी