काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि श्रावण १ देखि १५ गतेसम्म सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने भएको छ ।


ADVERTISEMENT


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोग बैठकले मतदाता नामावलीमा नाम दर्ताका लागि समय निर्धारण गर्दै सहभागीताका लागि बालिग नागरिकमा अनुरोध समेत गर्ने निर्णय गरेको हो । आयोगले आगामी असोज अन्तिम साता प्रदेश र कार्तिकमा प्रतिनिधिसभा निर्वाचनको तयारी गरेको बताउँदै आएको छ ।


ADVERTISEMENT

# # #


गत बैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा नाम छुटेका ब्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिएर स्थायी बसोबास भएको जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने आयोगले प्रष्ट पारेको छ । आयोगबाट प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटी भएका मतदाताले समेत त्यसलाई सच्चाउन सोही समयमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

नाम दर्ता भएपछि श्रावण १६ गतेदेखि २० गते सम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था मिलाईएको आयोगद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।