चेन्नई – इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेल शनिबार साँझ हुँदैछ । सन् २००८ देखि सुरु भएको आईपीएलको यो १२औं संस्करण हो। प्रतियोगिताको उदघाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।


ADVERTISEMENT


महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स आईपीएलको साविक विजेता टोली हो। चेन्नईले यसअघि सन् २०१० र सन् २०११ मा पनि उपाधि जितेको थियो। प्रतियोगिताको पहिलो खेल चेन्नईमै खेलिने छ। उद्घाटन खेलमा चेन्नईको प्रतिद्वन्द्वी बैंगलोरको कप्तान भने विराट कोहली हुन्। भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनी र कप्तान कोहलीबीचको प्रतिस्पर्धाको रुपमा पहिलो खेललाई हेरिएको छ ।


ADVERTISEMENT

# # #


चेन्नईका कप्तान धोनीले उद्घाटन खेलमा आफ्नो टोलीलाई टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम हालै पुलवामा भएको आतंककारी आक्रमणमा ज्यान गुमाउनेहरुको परिवारलाई दिने घोषणा गरेका छन्।

चेन्नई र बैंगलोरबीच हुने उद्घाटनको खेलको टिकट विक्री खुला गरिएको केही समयभित्रै सबै टिकट सकिएको थियो।

धोनी भारतीय टोलीको पूर्वकप्तान र कोहली वर्तमान कप्तान भएकाले पनि यी दुई टोलीबीचको खेलमा दर्शकको ओइरो लाग्ने भएको हो।