काठमाडौँ – राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेता सुरेन्द्रराज पाण्डेले सरकारले आफूलाई अनुकूल हुने तथ्याङ्कमात्र प्रस्तुत गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन बढेको तथ्याङ्क प्रस्तुत गरेर कुल गार्हस्थ उत्पादनको वास्तविकता सार्वजनिक नगरेको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


“सरकारले आफ्नो कार्यकालमा गरेका उपलब्धिको सही तथ्याङ्क प्रस्तुत गरोस्, अघिका तथ्याङ्क ल्याएर उपलब्धि देखाउने नहोस्, विसं २०४६ सम्मको उपलब्धि र त्यसपछिको तथ्याङ्कको सही विश्लेषण हुनुपर्छ”, नेता पाण्डेले भने । एक वर्षको संसदीय गतिविधिमा सरकारको छायाँ बन्न पुगेका आरोप लगाउँदै उनले संसदीय सर्वोच्चताको सम्मान गर्न अनुरोध गरे ।

बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका सांसद प्रमिला कुमारीले देशमा पृथकीकरण र केन्द्रीकरणको खतरा बढेको बताउँदै संविधान संशोधनको मुद्दामा सम्झौता गरी सरकारमा गएपनि कार्यान्वयन नभएकाप्रति असहमति प्रकट गरिन् । राष्ट्रिय जनता पार्टी नेपालका सांसद रमेशकुमार यादवले तराई–मेधशमा भएको आन्दोलनको छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । रासस