काठमाडौं – विश्वकप छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले तेस्रो जित हात पारेको छ । मंगलबार नेपाल यू–१९ ले भारतको आन्ध्र प्रदेश यू–१९ लाई ९ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि राशिद खान र कुशल मल्लले उत्कृष्ट साझेदारी गरे । ३७ ओभरमा १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन राशिद र कुशलले नवौं विकेटका लागि ७९ रनको साझेदारी गरे ।


ADVERTISEMENT

# # #


राशिदले ४० बलमा ४१ रन बनाए । उनले ४ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्ल ५७ बलमा ४८ रनमा नटआउट रहे । उनले २ चौका र २ छक्का ठोके । नेपालका लागि पवन सर्राफले ३२ रन जोडे । उनले ६० बलमा ३ चौका हाने । कप्तान रोहित कुमार पौडेल २२, भीम सार्की १७, रित गौतम १५ रनमा पेवेलियन फर्किँदा लोकेश बम १२, कमलसिंह ऐरी ८ र मोहम्मद आशिफ शेख ५ रनमा आउट भए ।

आन्ध्राका लागि दुर्गा कुमार, एम माधव र कार्तिक रेडीले समान २/२ विकेट लिए । २२२ रनको लक्ष्य पच्छ्याएको आन्ध्राका लागि हर्षवर्दन र नितेश कुमारले उत्कृष्ट सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । नितेशले ८१ बलमा ७४ रन बनाउनेक्रममा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै हर्षवर्दनले ६० बलमा ३६ रन जोडे ।

दर्गा कुमार २५, दत्ता रेडी २११ र योगेन्द्रले २० रन बनाए पनि जितका लागि प्रयाप्त हुन सकेन ।

नेपालका लागि भीम सार्की, कुशल मल्ल र पवन सर्राफले समान २/२ विकेट लिए । सागर ढकाल, कमलसिंह ऐरी र राशिद खानका नाममा पनि समान १/१ विकेट रह्यो ।

आजको जितसंगै ५ खेलको श्रृङखलामा नेपाल ३–१ ले अगाडि रहेको छ ।