कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा पूर्वडीएसपी अंगुर जिसी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनलाई ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


ADVERTISEMENT


जिल्ला  न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निर्मला बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको र हत्यारा भएको आशंकामा पक्राउ परेका दीलिप सिंह विष्टलाई हिरासतमा यातना दिएको आरोपमा मुद्दा दायर भएपछि उनी गत सोमबार अदालतमा हाजिर भएका थिए ।

पूर्वतत्कालीन डिएसपी जिसीलाई झै प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई आइतबार अदालतले साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो ।