काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले उदयपुर र सप्तरीमा नयाँ शखा सञ्चालनमा ल्याएको छ । बैंकले उदयपुर त्रियुगा र सप्तरी राजविराज नगरपालिकामा नयाँ शाखा खोलेर कारोबार सुरु गरेको हो ।


ADVERTISEMENT


बुधबार एक कार्यक्रमका बीच बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरि प्रदेश नं. २ मा १० शाखा र प्रदेश नं. १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७७ वटा शाखा कार्यालयहरु तथा ३२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।