काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारपछि स्वदेश फर्किएकी छन् । १० दिनको उपचारपछि उनी स्वदेश फर्किएकी हुन् । उपचारका लागि चैत्र ३ गते सीताको साथमा प्रचण्ड पनिसंगै अमेरिका गएका थिए ।


ADVERTISEMENT


पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । दाहालकी छोरी गंगा दाहालका अनुसार १० दिनको उपचारपछि स्वास्थ्य सुधारन्मुख बनेको छ । उपचारमा संलग्न चिकित्सकले सीताको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएको उनले बताइन् ।


ADVERTISEMENT

# # #


सीतालाई वासिंटन डीसीको जर्जटाउन युनिभरसीटी हस्पीटल र अलाबामाको बरमीन्गम युनीभरसीटी हस्पिटलमा उपचार गरिएको थियो ।

तस्बिर : गंगा दाहालको फेसबुकबाट