• श्याम ठाकुर

जनकपुर । लगातार प्रश्नपत्र आउट भएर परीक्षा स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का एसईईका परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


आक्रोशित परीक्षार्थीहरुले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।


ADVERTISEMENT

# # #


परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।

एसईई परीक्षा स्थगित गरिएपछि बारामा तथा वीरगञ्जमा लगायत २ नम्बर प्रदेशका आठवटै जिल्लाहरुमा परिक्षार्थीहरुले प्रदर्शन गरिरहेका छन् ।