काठमाडौँ – बारा जिल्लामा आईतबार बेलुकी अकस्मात आएको भीषण हावाहुरीले पुर्याएको क्षतीको उद्दार कार्यमा जुट्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।


ADVERTISEMENT


आइतबार घटना लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री आलीले दुःख व्यक्त गरेका छन् । यस्तै उद्दारका लागि जुट्न सुरक्षाकर्मी, नेता कार्यकर्ता र सर्वसाधारणलाई निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले उद्दार कार्यका लागि एयर बेसमा ‘नाइट भिजन’ हेलिकोप्टर पनि तयारीमा राखेको बताएका छन् ।

घटनाबाट ३० जना बढिको मृत्यु भइसकेको छ भने ४० सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार :

बारामा भीषण हावाहुरी : मृत्यु हुनेको संख्या ३० पुग्यो, ४ सयभन्दा बढी घाइते (अपडेट)

मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारले उद्दार र राहत कार्यमा कुनै कसुर बाँकी राख्ने छैन’

हावाहुरीबाट प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा

प्रधानमन्त्रीले भनेका छन् ‘भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा ‘नाईट भिजन’ हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।’