काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।