काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यान चालकलाई ट्राफिक प्रहरीले कारबाहीको दायरमा ल्याएको छ ।


ADVERTISEMENT


शुक्रबार चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको पछुवा भ्यानले राजधानीको नयाँ वानेश्वरमा स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।


ADVERTISEMENT

# # #


भ्यानले स्कुटरलाई ठक्कर दिएको प्रकरण सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले भ्यान चालकमाथि कारबाहीको प्रक्रिया अघि बढाएको थियो । जसअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो।

चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।