काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपीएल)मा आफ्नो चौथो खेल आज किंस ११ पञ्जाब विरुद्ध खेल्दैछ । पञ्जाबको घरेलु मैदानमा दिल्ली तेस्रो जितको खोजिमा हुनेछ ।


ADVERTISEMENT


तीन खेलमा दुई जित हात पारेको दिल्लीका लागि पञ्जाबविरुद्ध अघिल्लो वर्षको हारको बदला लिने अवसर पनि छ । पहिलो दुई खेलमा बेन्चमै समित नेपाली युवा स्टार सन्दीपले तेस्रो खेलमा कल्कत्ता नाइट राइडर्सविरुद्ध भने आफुलाई टिममा पार्न सफल भए । सुपर ओभरमा दिल्लीले जितेको उक्त खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो ।


ADVERTISEMENT

# # #


उनले चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिए । पहिलो ओभरमा एक रन मात्र खर्चिएका उनले दोस्रो ओभरमा निखिल नाइकलाई एल्बिडब्लु धरापमा पारे । यस्तै उनले एक रनआउटमा पनि मदत पुर्याए । जसन खेलमा उनले दिल्लीका सबै बलरभन्दा कम रन खर्चिए ।

सन्दीपको कलकत्तासंगको खेलमा उत्कृष्ट प्रदशनले पञ्जाबविरुद्ध खेल्ने सम्भावना पनि उच्च रहेको छ ।  खेल नेपाली समय अनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ ।

गत वर्ष सुरुवाती ११ खेलमा खेलसम्म पनि टिममा नअटाएका सन्दीप यो पटक तीनखेलमै टिममा परेका छन् । पछिल्लो एक वर्षमै सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिगबास लिग (बीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) जस्ता लिग खेलिसकेका छन् ।