काठमाडौँ – बारा र पर्सा जिल्लामा हावा हुरीका कारण भएको क्षतीप्रति युवा संघ नेपाल १ नम्बर प्रदेशले दुःख व्यक्त गरेको छ । युवा संघ उपाध्यक्ष तथा प्रदेश नं १ का प्रमुख पर्शुराम बस्नेतले घाइतेको उपचार र मृतकका परिवारलाई क्षतीपुर्ती प्रदान गर्न माग गरेका छन् ।


ADVERTISEMENT


यस्तै उनले युवा संघ नेपाल १ नम्बर प्रदेश मातहतका सम्पूर्ण कमिटीहरुलाई उद्दार तथा राहतमा जुट्न निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


बस्नेतको नेतृत्वमा १ नम्बर प्रदेश को टिम भोलि मँगलबार २ बजे राहत सहित श्रमदान गर्न १ सय जनाको टोलि बारा प्रस्थान गर्दैछ ।

आइतबार साँझ आकस्मात आएको हुवाहुरीले २७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् ।