काठमाडौँ – आइतबार बारा र पर्सामा अकस्मात आएको हावाहुरीले पुर्याएको क्षतीप्रति नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


१२ औँ संस्करणको इण्डियन प्रिमियर लिग आइपीएल) खेल्नका लागि भारतमा रहेका सन्दीपले सोमबार एक ट्वीट गर्दै घटनाप्रति व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले ट्वीटमा भनेका छन्, ‘बारामा हावाहुरीका कारण धेरैले ज्यान गुमाएको सुन्दा दुःख लागेको छ । घाइतेहरुको शीध्र स्वास्थ्य लाभको कामना गर्दछु । यस विषम परिस्थितिमा सबैले सहयोग गरौँ ।’

आइतबार आएको हुवाहुरीले २७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् ।