काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा)  का सहमहामन्त्री डा. सुरेन्द्र झाको नेतृत्वमा बारा र पर्साका हुरी पीडितहरुका लागि राहत संकलन गरि प्रभाबित क्षेत्रमा पठाईएको छ ।


ADVERTISEMENT


राजपाका बरिष्ठ उपाध्यक्ष बृषेश चन्द्र लालको उपस्थितमा त्रिपाल, खाद्यान्न तथा औषधीहरु पीडितहरुका लागि पठाईएको हो ।


ADVERTISEMENT

# # #



नेता झाको अगुवाईमा समाजसेवी तथा सामाजिक अभियन्ता रमेश चित्रकारका तर्फबाट ४ सय ५० त्रिपालहरु पठाईएको हो । चित्रकार प्रकृति प्रेमी समूहका पूर्व अध्यक्ष हुन् । ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने नारा सहित चित्रकार स्वास्थ्य क्षेत्रसंग सम्बन्धित रहेर समेत काम गरिरहेका छन् । दुई नम्बर प्रदेश बित्तीय आयोगका सदस्य समेत रहेका झा उक्त प्रकृति प्रेमी समुहका आजिबन सदस्य समेत हुन् ।

यो सहयोगले हिमाल पहाड र तराई मधेशलाई एक ठाउँमा जोडेको भन्दै नेता झाले सहयोगदातालाई धन्यबाद समेत ज्ञापन गरेका छन् ।

सो क्रममा औषधी व्यवसायी विनोद बोगटीले २५ हजार भन्दा बढीको औषधी सहयोग गरेका छन् ।

पोखरा, धरान, ओखलढुंगा लगायत देशका विभिन्न स्थानहरुबाट राहत संकलन गरी पीडित क्षेत्रमा लैजाने काम भईरहेको बताईएको छ ।

प्रभावितका लागि चारैतिरबाट सहयोग उठिरहेकोमा धन्यवाद दिँदै नेता झाले दुख झेलिरहेका जनताहरुले पीडाबाट छिट्टै राहत पाउने विश्वास व्यक्त गरे ।

‘परिआएको खण्डमा सबै नेपालीहरु एक हुनसक्छन् भन्ने सन्देश मिलेको छ,’ नेता झाले भने, ‘मनहरुलाई जोडौं, पीडितहरुलाई सहयोग गरौं । ’