काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं नेबिसंघका निवर्तमान अध्यक्ष नैनसिँह महर यतिबेला हुरी प्रभाबितहरुको उद्धार र राहतमा जुटेका छन् । महर सहित काँग्रेस र नेबिसंघका नेताहरु राहत सहयोगका लागि बाराको फेटा गाउँपालिकामा छन् ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर राहत वितरण र घरहरुका भग्नावशेष हटाउन युवा नेता महर लगायत वारा काँग्रेसका कोषाध्यक्ष शेखर यादव, रौतहटका पूर्व माननीय जीतेन्द्र यादव, नेविसंघ पूर्व केन्द्रीय सदस्यहरु, सन्जय यादव , फ़िरोज़ आलम, सुधीर पटेल लगायत सात वटै प्रदेशका काँग्रेसी युवाहरुले ८० परिवार लाई त्रिपाल, चामल, दाल, तरकारी , टुथ पेस्ट, व्रस, पानी, फ्रुटी लगायतका राहत सामग्रीहरु बितरण गरिएको छ ।


ADVERTISEMENT

# # #


नेबिसंघ पूर्व अध्यक्ष महरले सरकारले भाषण गरे पनि काम गर्न नसकेको बताउँदै छिटो भन्दा छिटो आवास व्यवस्थापन,पढाई र परीक्षा सन्चालनको प्रवन्ध मिलाउनु पर्ने बताएका छन् ।

हावाहुरीले घरका संरचना ध्वस्त वनाउदा जनजीवन अझै त्रासदी पुर्ण अवस्थामै देखिन्छ । निर्वाचित वडा अध्यक्ष मोहम्मद हुसेनले विपदबाट वृद्ध ,वालवालिका र विद्यार्थीहरु बढ़ी प्रभावित भएको बताएका छन् ।