काठमाडौँ – एक्मी इञ्जिनियरिङ कलेज सीताईलाले बारा र पर्सामा हावाहुरीबाट प्रभावितहरुका सहयोग गरेको छ । काठमाडौँको सितापाइलामा रहेको कलेजले प्रभावितहरुका लागि नगद एक लाख रकम सहयोग गरेको हो ।


ADVERTISEMENT


राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री डा. सुरेन्द्र झा मार्फत सो राहत रकम प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ । प्रदेश नं २ नीति आयोगका सदस्य समेत रहेका झा र राजपा वरिष्ठ उपाध्यक्ष वृषेश चन्द्र लाललाई क्याम्पस प्रमुख प्रदीप पौडेल र एशोसियट प्रोफेसर परिश्वर आचार्यले सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेता डा. झाले एक दशक भन्दा लामो समय देखि सोही क्याम्पसमा प्राध्यापकका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


सहयोग हस्तान्तरण गर्दै क्याम्पस प्रमुख पौडेलले देश र जनताले पाएको दु:खमा सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै हुरी पीडित सर्वसाधारणहरु पीडाबाट चाँडै मुक्त होउन भन्ने कामना समेत व्यक्त गरेका छन् ।

हुरी पीडितहरुको उद्धार र राहतका लागि उक्त रकम प्रदेश नं २ मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।

आफैँले पठाउँदै आएको क्याम्पस बिपदमा परेका जनताहरुको लागि मल्हम बन्ने पूर्ण्य कर्मको आँफू माध्यम बन्न पाउनुलाई ठूलो जिम्मेवारीबोध गरेको बताउँदै झाले सहयोगका लागि एसीएमई इञ्जिनियरिङ कलेज र क्याम्पस प्रमुख लगायत सबै प्राध्यापकहरुमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

एवं राष्ट्रिय सभा सांसद समेत रहेका लालले समेत सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसले हिमाल पहाड तराईलाई दु:खमा जोडेको बताएका छन् ।