काठमाडौँ – विश्वकप आउन करिब दुई महिना मात्र बाँकी हुँदा अफगानिस्तान क्रिकेट बोर्डले गरेको कप्तान परिवर्तनको निर्णयप्रति खेलाडीहरुले असन्तुष्टि जनाएका छन् । अफगानिस्तान क्रिकेटबोर्ड बैठकले शुक्रबार नै विभिन्न फर्म्याटका लागि एकैपटक तीन जना नयाँ कप्तान नियुक्त गरेको थियो ।


ADVERTISEMENT


बैठकले अस्घर स्टानिक्जाईलाई हटाएर गुलाबदिन नैवलाई एकदिवसीय कप्तानका रुपमा नियक्त गरेको छ । त्यसको खेलाडीहरुले नै विरोध गरेका छन् । अफगानिस्तानका पूर्वकप्तान समेत रहेका मोहम्मद नाभीले कप्तान परिवर्तन गर्नका लागि यो उचित समय नभएको बताए ।


ADVERTISEMENT

# # #


‘टिमको एक सिनियर खेलाडी र अफगानिस्तान क्रिकेटको प्रगतिलाई नजिकबाट नियालेको खेलाडीका रुपमा मलाई लाग्छ विश्वकपको पूर्वसन्ध्यामा कप्तान परिवर्तन गर्ने यो उचित समय होइन ।’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अस्घरको नेतृत्वमा टिमले राम्रो गरिरहेको थियो र व्यक्तिगत रुपमा भन्नुपर्दा हाम्रो नेतृत्व गर्ने उनी एक उचित व्यक्ति हुन् ।’

यस्तै टिमका उपकप्तान समेत रहेका रशिद खानले पनि कप्तान नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले विश्वप अघि कप्तान परिवर्तन गर्दा टिमको मनोबल घट्ने बताएका छन् ।  कप्तान नियुक्ति गैरजिम्मेवार र एकपक्षीय भएको टिप्पणी गर्दै उनले अस्घर स्टानिक्जाईनै कप्तानमा रहनुपर्ने  बताए ।

‘छनोट कमिटीको निर्णयको सम्मान गर्दै म निर्णयको पूर्ण विरोध गर्छु । यो निर्णय गैरजिम्मेवार र एकपक्षीय छ ।’ उनले भनेका छन्, ‘विश्वकप हाम्रो नजिकै छ, कप्तानमा अस्घरनै रहनुपर्छ । उनको कप्तानी टिमको सफलताको कडी हो ।’