काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग (आइपीएल) मा अहिलेसम्मकै महंगो साबित भएका छन् । आइतबार विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोविरुद्ध सन्दीपले चार ओभरमा ४६ रन खर्चिएर मात्र एक विकेट लिए ।


ADVERTISEMENT


दिल्ली क्यापिटल्समा आवद्ध सन्दीप महंगो साबिता भएपनि इतिहास भने बनाएका छन् । उनले टी २० मा ५० विकेट पूरा गरेका छन् । यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली खेलाडी बनेका हुन् ।  बैंगलोर विरुद्ध उसकै धरेलू मैदानमा खेलेका उनले मोइन अलीलाई विकेटकिपर रिशभ पन्तबाट स्टम्पिङ गराए ।


ADVERTISEMENT

# # #


अलीले ओभरको पहिलो बलमा छक्का हाने । दोस्रो बल डट खेलेका उनले तेस्रो बलमा अगाडी बढेर हान्न खोज्दा आउट भए । अलीले १८ बलमा ३२ रन बनाउँदा एक चौका र ३ छक्का हाने ।

त्यसपछि सन्दीपलाई विराट कोहलीले अन्तिम ओभरमा खलेर खेले । आफ्नो अन्तिम ओभरमा सन्दीपले १९ रन खर्चिए । विराटले उनको अन्तिम ओभरमा लगातार दुई छक्का हाने ।

सन्दीपको राम्रो बलिङ नभएपनि दिल्लीले भने राम्रो खेलेको छ । जितका लागि उसले १५० रनको चुनौति पाएको छ । दिल्लीका लागि कागिसो रबाडाले उत्कृष्ट खेले उनले ४ ओभरमा मात्र २१ रन खर्चिएर ४ विकेट चट्काए ।