काठमाडौँ – सितारवादक एवं साँस्कृतिक संस्थानकी कलाकार सिता मैया राजचल वर्ल्ड उभिएर सितार बजाउने पहिलो महिला बनेकी छन् । उनलाई बुक अफ रेकर्ड, लण्डन ले ‘विश्वकै पहिलो उभिएर सितार बजाउने महिला सितारवाद’ शिर्षक अन्तरगत सूचिकृत गरेको हो।


ADVERTISEMENT


वर्ल्ड बुक अफ रेकर्डले वरिष्ठ सँस्कृतिविद् एवं शताब्दी पुरुष डा. सत्य मोहन जोशी र वर्ल्ड बुक अफ रेकर्डका पदाधिकारीहरुको उपस्थितिमा प्रमाणपत्र प्रदान गरेको छ ।


ADVERTISEMENT

# # #


वर्ल्ड बुक अफ रेकर्ड विश्वव्यपी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तराष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, केनिया, मोरिसियस, सिङ्गापुरबाट आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ । एशिया, अफ्रिका र युरोपभर विश्वव्यापी सञ्जालमार्फत वल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिक लगाएत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले देशको समृद्धिका लागि संस्कृतिको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल संस्कृतिको धनी देश भएका कारण यसको उत्थान र प्रवर्द्धनका लागि सबै लाग्नुपर्ने बताए ।

वर्ल्ड बुक अफ रेकर्डद्धारा सम्मानित भएको अवसरमा सितारवादक सिता मैया राजचललाई विरेन्द्र शर्मा (सांसद, बेलायत), डा. दिवाकर शुकुल (अध्यक्ष वल्ड बुक अफ रेकर्ड, लण्डन), सन्तोष शुक्ला (अध्यक्ष वल्ड बुक अफ रेकर्ड), लगायत नेपाल र लण्डनका विशिष्ट व्यक्तित्वहरुले बधाई ज्ञापन गरे ।

यस्तै वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कट्वालले नेपाललाई विश्वसामू चिनाउनका लागि यहाँका विषम् परिचय बोकेका कुराहरुलाई वर्ल्ड बुक अफ रेकर्डमा लेखाउन लागी परिरहने बताएका छन् । उनले चाँडै नै खोटाङको हलेसीलाईसमेत उक्त रेकर्डमा सूचिकृत गराउने प्रयास भइरहेको जानकारी गराए ।