काठमाडौँ – राष्ट्रिय जनता पार्टीका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै थापालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अध्यक्ष थापा, नेता बुद्धिमान तामाङ,दिपक बोहोरा लगायत रहेको पार्टी प्रवक्ता मोहन श्रेठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएको केहीबेरमा छुटाइएको छ ।  हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले आज काठमाडौं लगायत देशैभर प्रदर्शन र धर्ना गरेको थियो ।