काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार राप्रपाको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । कांग्रेसले एक विज्ञप्ती जारी गर्दै राप्रपाले शान्तिपूर्ण र्यालीमा प्रहरीले गरेको हस्तक्षेपप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।


ADVERTISEMENT


संविधानले दिएको शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई सरकारले दमन गरी संविधान संवैधानिक अधिकार खोस्ने कार्य गरेका कांग्रेसको आरोप छ ।


ADVERTISEMENT

# # #


‘र्यालीका सहभागीलाई मात्र नभएर बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई समेत प्रहरीले गरेको लाठीचार्ज प्रति हाम्रो गम्भीर आपत्ति छ’ जारी विज्ञपतीमा भनिएको छ, ‘कुनै पनि राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य भइरहेको छ ।’

हस्तक्षेपको विरोध गदै कांग्रेसले भनेको छ, ‘कुनै पार्टीसँग हाम्रो विचारमा अहसमत हुन सक्छ तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति नेपाली कांग्रेस सदैव विरोध गर्दछ ।’

हिन्दु राज्यको माग राख्दै राप्रपाले सोमबार विरोध गरेको थियो । प्रहरीले राप्रपा अध्यक्ष कमल थापासहितलाई नियन्त्रणमा लिएको थियो ।