काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले श्रमजीवि पत्रकारका लागि निर्धारण गरेको न्यूनतम पारिश्रमिक कुनैपनि हालतमा कार्यान्वयन गरी छाड्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल पत्रकार महासंघले गरेको ‘पत्रकारितामा श्रम सवाल’ बिषयक अन्तरक्रियामा बोल्दै मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सरकार पछि नहट्ने बताए । उनले भने, ‘न्यूनतम पारिश्रमीक लडहको भरमा निर्धारण गरिएको होइन । सोच बिचार गरेरै गरिएको हो । यसमा सञ्चार उद्यमीको पनि राय लिइएको छ । त्यसो हुँदा यो कुनै हालतमा कार्यन्वयन हुन्छ । यो वा त्यो बाहनामा अवरुद्ध गर्न पाइँदैन ।’


ADVERTISEMENT

# # #


सरकारले निर्धारण पेरोल प्रणाली श्रमजीवि पत्रकारको हितमा रहेकोले यो पनि कडाईका साथ कार्यन्वयन हुने बताए । ‘महिनाको २५ लाख रुपैयाँ तलब खाने पनि यहाँ छन् । १६ लाख र पाँच लाख रुपैयाँ तलब खाएको पनि हामीले सुनेका छौं ।’ उनले भने, ‘तर, श्रमजीवि पत्रकारलाई न्यूनतम तलब देउ भन्दा मालिकलाई १०४ होइन , १०५ डिग्रीको ज्वरो आउँछ । त्यो हुँदा श्रमको उचित मुल्य पाउनु पर्छ । त्यसैका लागि हो, पेरोल प्रणाली । यो लागू हुन्छ ।’

साना मिडियाको हकमा सरकार लचिलो भएको मन्त्री बस्कोटाको भनाई छ । ठुला मिडियाको हकमा भने क्लीन फिड प्रणाली ल्याउन लागिएको उनले बताए । उनले भने,‘मिडिया अब अझ व्यवस्थित हुँदैछ । यसका लागि कानुन बन्दैछन् । साना मिडियाका लागि छुट्टै व्यवस्था हुनेछ । ठुला मिडिया आत्तिनु पर्ने कुनै कारण छैन । मुलुकमा क्लीन फिड नीति बन्दैछ । यसले ठुला मिडियालाई नै फाइदा पुर्याउने हो ।’