काठमाडौँ – मलेसियामा जारी आईसिसि यु-१९ विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई २४८ रनको लक्ष्य दिएको छ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनायो।


ADVERTISEMENT

# # #


नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकीय इनिङ्स खेले।

क्वालालाम्पुरमा एक समय ११५/५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिले छैठौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए।

५४ बल खेलेका भीमले ४ चौका र २ छक्कासहित ५३ रनमा क्याच आउट भए। ७५ बल खेलेका हरिले ७ चौकाको मदतले नटआउट ६७ रन जोड्दै नेपालको इनिङ्स सम्मानजनक स्थितिमा पुर्‍याए।

नेपालका लागि रित गौतमले ४४ रन बनाउँदा आसिफ शेखले २७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे। सन्दीप जोरा ७ रनमा आउट हुँदा हिजो उत्कृष्ट प्रदर्शन गरेका राशिद खान र कुशल मल्ल समान १/१ रनमै आउट भए।

कमल ऐरी र सागर ढकाल समान २-२ रन जोडेर पवेलियन फर्किए। यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन्। शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो। उता यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।