काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् ।
आज बिहान बालुवटारमा आयोजित कार्यक्रममा वर्ल्ड बुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


प्रमाणपत्र हस्तान्तरणपछि प्रधानमन्त्री ओलीले १ सय रुपैंयामा विद्यार्थी पढाएर समताले गरिबका छोराछोरीलाई समताले गुन लगाएको बताए । “राज्यले लिनु पर्ने दायित्व तपाईंहरुले लिनु भएको छ । यसमा म समता टिमलाई धन्यवाद दिन चाहन्छु” प्रधानमन्त्री ओलीले भने “अंग्रेजी माध्यममा राम्रो शिक्षा लिन्छु भन्नेहरुका लागि पैसाका कारणले पढ्न नपाउने अवस्था अब रहेन ।”


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले समता स्कूलका कारण नेपाललाई विश्वले पनि पहिचान गरेको बताए । “सस्तो र गुणस्तरीय शिक्षाका लागि नेपालमा अवसर छ भन्ने कुराको जानकारी विश्वले पाएको छ ” प्रधानमन्त्री ओलीले भने “यसका लागि तपाईंहरुलाई बधाइ छ ।”

प्रधानमन्त्री ओलीले यस वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पनरेका छन् । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताए। कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि उपस्थिती थियो ।