काठमाडौं – अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।


ADVERTISEMENT


प्रतिबन्धविरुद्ध अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले आज सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको मुद्दा दायर गरेका छन् ।


ADVERTISEMENT

# # #


पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानिक तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय कानुन समेतको विपरीत रहेको भन्दै सो सम्बन्धमा जिल्ला अदालत तथा नेपाल सरकारको सम्पूर्ण निर्णय बदर गर्न माग गर्दै उनीहरुले मुद्दा दायर गरेका हुन् ।

प्रतिबन्धले अभिव्यक्ति तथा विचारको स्वतन्त्रतामा अपुरणीय क्षति भएको भन्दै पब्जी अनलाइन गेम बन्द गराउन भएको सबै निर्णय तथा पत्राचार मुद्दाको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश पनि जारी गर्न माग उनीहरुले माग गरेका छन् ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल बन्द गर्न निर्देशन दिएको थियो ।