काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान थाल्ने भएको छ । कांग्रेसले विविध विषयका बारेमा जनतालाई जानकारी दिने उद्देश्यले वैशाख ११ गतेबाट देशभर राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको हो ।


ADVERTISEMENT


नेपाली काँग्रेसले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्त विश्वप्रकाश शर्माले पार्टीको संगठन सुधार गर्न र सरकारका भ्रष्टचारजन्य क्रियाकलापको विरोध गर्न कांग्रेसले ७७ जिल्लामा एकै समयमा जनजागरण अभियान गर्न लागेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


जनजागरण अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र ७६ जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्नेछन् भने केन्द्रीय प्रतिनिधि जिल्लामा एक महिना बस्नेछन्। वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधि कृयाकलापबारे सविस्तार विवरण प्रस्ट रुपमा राख्न अधियानको आयोजना गरिएको प्रवक्ता शर्माले बताए ।

‘हिमाल, पहाड, तराइ-मधेश नेपाली कांग्रेस जागरण’ नाम दिइएको अभियान लोकतन्त्र दिवसकै दिन सुरु हुनेछ । तीन चरणमा सञ्चालन हुने अभियान अन्तरगत पहिलो चरणको एक महिने कार्यक्रम ७७ जिल्लामा हुनेछ । त्यसैगरी दोस्रो चरणको कार्यक्रम भदौं २३ गतेदेखि असोज ७ गतेसम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुसको दोस्रो साता सबै पालिकामा हुने पनि काँग्रेसले जनाएको छ ।