धनगढी – कैलालीको घोडाघोडी नगरपालिका –४ घोडाघोडीमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।


ADVERTISEMENT


सामूहिक बलात्कारमा संलग्नको आरोप लागेका छ जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।


ADVERTISEMENT

# # #


घटना वैशाख १ गते बिहान भएको भएपनि शनिबारमात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरी समक्ष मुद्दा परे लगतै घटनामा संग्लग्न छ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

किशोरी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।

आज भर्खर मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका सात जना मध्ये छ जनालाई पक्राउ गरिसकेका छौ । अन्यलाई पनि चाडै नियन्त्रणमा लिन्छौ उनले भने ।

घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाडौमा उपचार भइरहेको जोशीले जानकारी दिए ।