काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रतिले वैशाख १६ का लागि संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।


ADVERTISEMENT


सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले आइतबार संसद सचिवालयलाई पत्र पठाउँदै बैशाख १६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी हुन् । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने भएकाले प्रि–बजेट छलफलका लागि एक महिनाअघि अधिवेशन बोलाउन लागिएको हो ।

बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे छलफल गर्ने परम्परा छ । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।