पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई कमाई खाने भाँडो मात्रै बनाईएको छ भन्ने आम गुनासो र बुझाई छ । श्रमजिबी पत्रकार ऐनका न्यूनतम अधिकारहरुबाट समेत बञ्चित बनिरहनुपर्दा पत्रकारहरु अभिभावकत्व नपाउँदाको छटपटीमा छन् । यो बेला पत्रकारिता जगतमा पनि परिवर्तनका लागि आन्दोलनको आँधिबेरी ल्याउनु पर्ने उकुसमुकुस छ । पत्रकार र पत्रकारिता पेशालाई सम्मानित उचाईमा पुर्याउनका लागि पत्रकारका नेताहरुको जिवनशैली मात्रै परिवर्तन भएर भएन धोका पाईरहेका श्रमजिबीहरुलाई न्यायको दीयोले मुहार उज्यालो बनाउने नेतृत्वको खोजि छ ।
निर्वाचन नजिकिँदै जाँदा फोहोरी बनाईएको महासंघ नेतृत्वको कुर्सीलाई कस्ले शुद्धिकरण गर्ला ? पेशामा व्यवशायिकता र पत्रकारहरुमा अधिकारको नासो कस्ले फिर्ता ल्याउला ? पत्रकारिताका आम मुद्धाहरुको एकमुष्ठ सम्बोधन र समाधानका खातिर पर्खाईमा रहेको अवतार कृष्ण निस्कने हो या कँश आशा र शँका दुबै छ ।
उमेद्धवार बन्न बिभिन्न पार्टी नेताहरुका घरदैलोमा टिकट उम्काउने लिगलिगे दौड चलिरहेको छ ।
अनुकम्पा भन्दा पनि क्षमता, योग्यता, अनुभव, व्यवशायिकता र कर्तब्यनिष्ठताका आधारमा अवसर पाउनु पर्छ भन्ने बहस छ । यसै मेसोमा भेटिए अध्यक्षको दाबी गरिरहेका शालिक सुबेदी


ADVERTISEMENT


नेपाल पत्रकार महासंघको चुनाव पटकपटक सारिँदै आएको छ । यस पटकको नेतृत्वमा दाबी गर्दै आउनु भएको छ । तयारी कस्तो छ तपाईको ?


ADVERTISEMENT

# # #


तपाईँले भने जस्तै पत्रकार महासंघको निर्वाचन पटकपटक सर्दै आएको छ । बैशाख २३ गने हुने भनियो, त्यसपछि जेठ २१, असार २१ गर्दै अहिले भदौ ४५ मा गर्ने निर्णय गरेको छ पत्रकार महासंघले । यो चुनाव पहिले नै गरेको भए एक किसिमको अव्यवसायिक किसिमको हुने थियो होला । हामी जस्ता व्यावसायिक पत्रकारले नेतृत्वको दावी गर्ने मौका मिल्यो । र यसको मतलब के हो भने मैले पात्र, प्रवृत्ति र परिवेश को बारेमा पढेको छु। ती मध्ये परिवेश चाहि सबैभन्दा महत्वपूर्ण हुन्छ । प्रेस युनियनले मलाई विश्वास गर्यो र अरु प्रेस चौतारी, प्रेस सेन्टरका साथीहरु मेधश, आदीवासी जनजाती लगायत अन्य प्रतिनिधित्व गर्ने साथिहरुले मलाई सहयोग गरेर व्यावसायिकताको छाता संगठनको विकास गर्ने मौका मिलेको छ । यो समय सर्नु भनेको यो परिवेश मेरो अनुकुल हुँदै जानु हो भन्ने बुझाई छ ।

महासंघको नेतृत्वमा दाबी किन ? तपाईले जिते महासंघ कस्तो बन्छ ?

महासंघको अध्यक्षमा मैले टिकट पाएँ भने वा प्रेस युनियनले मलाई पत्यायो भने म एउटा दाबीका साथ भन्छु पत्रकार महासंघको कुनै पनि सदस्य वा पत्रकारहरु जसले सूचना सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवारी बकेका छन्, जसले समाज र राष्ट्रको लागि महत्वपूर्ण सहयोग गर्ने भूमिकामा रहेका पत्रकारले यो साच्चै गौरबशाली पेशा हो साथै उसमा अपनत्व कायम गरेर गर्व गर्ने ठाउँ स्थापना गर्छु । समाजमा हिड्दा छ्याछ्या र दुरदुर गर्ने प्रवृत्ति अझैपनि पत्रकारहरुको माझमा छ । त्यसलाई हटाएर सबैले यो पत्रकार महासंघ हाम्रो लागि हो, समाजको लागि हो, राष्ट्रको लागि हो भन्ने भावनाको विकास मेरो नेतृत्वमा हुनेछ । त्यो कुराको प्रतिवद्धता म गर्छु ।

यसको लागि पहिला त टिकट पाउने कुरा हुन्छ । कत्तिको दौडधुप हुँदोरहेछ यो विषयमा ?

म स्पष्ट के भन्न चाहान्छु भने पत्रकार महासंघ एउटा मूर्ति स्थापना गरेर मन्दिर बनाउने ठाउँ होइन । जहाँ हामीजस्ता व्यावसायिक पत्रकारहरु धूप बालेर, दर्शन गरेर पर्किउँ । यो त एउटा चलायमान, व्यवसायिक संस्था हो । त्यो चलायमान व्यावसायिक संस्थालाई एउटा विश्वविद्यालय जस्तो विचार रोप्ने स्थल, व्यावसायिकताको धरोहरको रुपमा विकास गर्नु पर्छ । त्यसका लागि अहिले देखिएका पात्रहरु मध्ये सबैभन्दा बढी व्यावसायिक, सबैभन्दा बढी पत्रकारिता बुझेको, जानेको र गरेको तिनै हिसाबले म दाबी गर्छु र त्यस्तो हिसाबले पार्टीले, प्रेस युनियनले क्षमता, योग्यतालाई बुझेर मलाई टिकट दिन्छ । यदि मलाई टिकट दिएन भने त्यो गल्ती हुनेछ र त्यो गल्तीले व्यावसायिक पत्रकार रहने ठाउँ हुने छैन । त्यसको लागि पार्टी प्रेस युनियन चिन्तित छ ।  वास्तवमा भन्ने हो भने पत्रकर भनेको स्पष्ट रुपमा लोतान्त्रिक हुनुपर्छ । लोकतान्त्रिक नहुनेहरु पत्रकार हुन सक्दैनन् । जहाँ लोकतन्त्र छ, त्यहाँ वाक तथा अभिव्यक्तिको स्तन्त्रता हुन्छ । यो एक अर्कामा छुट्याउनै नसकिने तत्वहरु हुन् । त्यसका लागि पार्टी तथा प्रेस युनियनले मलाई टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।

यो विश्वस्तता कती प्रतिशत हो ? किनकी अहिले बजारमा धेरै नामहरु बाहिर आराखेका छन् ? यी मध्ये शालिक सुवेदी पर्ने सम्भावना कत्तिको छ ?

अब यसमा कुरा के छ भन्दाखेरी संसारभरमा लिगेसी भन्दा पनि योग्यताले जित्दै गएको छ । यो भनेको प्रविधिको युग हो । प्रविधिसंग घुलमिल भएको, समाज बुझेको, राष्ट्र बुझेको, व्यावसायिकता बुझेको र त्यसले लोकतन्त्रलाई दिगो गर्नका लागि सहयोग गर्न सक्ने खालको मान्छेको नेतृत्वको जरुरी छ । त्यसो भएर अहिले दौडमा रहेका साथीहरुमध्ये त्यो हिसाबले म उपयुक्त छु । नेतृत्व गर्न सबल छु र म मेरो नेतृत्वलाई सबै साथीहरुले स्वीकार गर्छन् । मैले जीवनमा पत्रकारिता पढेँ, पढाएँ र गरेकोले त्यसका लागि उपयुक्त पात्र हुँ जस्तो लाग्छ ।

टिकट लिएपनि प्रतिस्पर्धाको कुरा हुन्छ । चुनाव जित्ने आधार र माहोल कसरी बन्छ ?

पत्रकार महासंघमा गैरलोकतान्त्रिक शक्तिको स्थापना हुनुमा सबैभन्दा बढी कमजोरी भनेको हाम्रो प्रेस युनियनको र हाम्रा पत्रकार साथीहरुको छ । किनभने उनीहरुले संठगन विस्तार गर्दै गए र लोकतान्त्रिक शक्तिलाई विस्थापित गरेर पत्रकार महासंघलाई गैरलोकतान्त्रिक संस्थाको रुपमा स्थिापित गर्न सफल भए । अब हामीले के गर्नुपर्छ त भन्दा महासंघलाई साच्चै व्यवसायिक पत्रकारहरुको मात्र साझा संस्थाको रुपमा स्थापना गर्नुपर्छ । राजनीति गर्ने ठाउँहरु अरु छन् । त्यस विषयमा जानकारी दिनुपर्ने छ । यदि साच्चै व्यावसायिक पत्रकारिता गर्नेहरुमात्र भएभने नेपालमा लोकतान्त्रिक पत्रकारले बाहेक अरुले नेतृत्व गर्नसक्ने अवस्था छैन । त्यसका लागि सुधारका कामहरु गर्नु पर्नेछ । त्यसका लागि म नेतृत्वमा पुगेँ भने अगाडी बढाउँछु ।

अन्त्यमा , जो नामहरु तपाईसंगै नेतृत्वको चर्चामा छन् । सबैका लागि के भन्नुहुन्छ र पार्टी नेतृत्वलाई तथा आम पत्रकारहरुलाई के भन्नु हुन्छ ?

व्यावसायिक पत्रकारहरुको छाता संठनका व्यावसायिक पत्रकारले नै नेतृत्व गर्ने एउटा मौका छ । मैले केही सिनियर पत्रकार मित्रहरुसंग म पत्रकार महासंघको नेतृत्वको लागि प्रतिस्पर्धामा जाँदैछु । तपाईहरुको साथ सहयोग कस्तो हुन्छ र म कसरी अगाडी कढ्नु पर्छ भन्दा उहाँहरुले तिमी जस्तो व्यावसायिक पत्रकार किन जाँदैछौ ? त्यो त अव्यवसायिक पत्रकारले नेतृत्व गर्ने संगठन हो । तिमीजस्तो मान्छेले त यहीँ बसेर आफ्नो व्यवसायिकतालाई अझ निखार्नु पर्छ । भन्दा मैले के भने भन्दा पत्रकार महासंघमा हामीजस्तो मान्छेहरु नगएको हुनाले यस्तो अवस्था आएको हो । त्यसो भएको हुनाले म त्यसतर्फ आकर्षित भएको हुँ । अब यो एनजीयोको रुपमा होइन, आफ्नो स्वार्थपूर्ति गर्ने र जय नेपाल वा लाल सलाम भनेका भरमा नियुक्ति पाउने ठाउँको रुपमा स्थापित गराउनु हुँदैन । यसलाई त सबै पत्रकारहरुले मेरो छाता संगठन हो र मलाई दुख परेको बेलामा, मेरो व्यवसायिकता वृद्धि गर्ने क्रममा, मेरो आत्मसम्मान गिराउन उद्दतहुनेहरुलाई कारबाही गराउने क्रममा मलाई सहयोग गर्ने सबैभन्दा ठूलो अभिभावक संस्थाको रुपमा स्थापित हुन्छ भन्ने जुन आशा लिएर बसेका तपाई हामीजस्ता पत्रकार साथीहरु नेतृत्वमा जानु पर्छ । यसलाई सुधार्नु पर्छ । व्यावसायिक पत्रकारको संगठनको रुपमा स्थापित गर्नु पर्छ भन्ने मान्यताका साथ म अगाडी बढेको छु ।