काठमाडौँ – आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन भएको छ । नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको छ ।


ADVERTISEMENT


त्यसै गरी ६ स्वर्ण ४ रजत र ७ काश्य पदक सहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो स्थानमा आएको छ । उता अर्को बिभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदक जित्न सफल भयो । स्वर्ण र रजतको २१ । २१ पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमलेनै जितेका छन् ।


ADVERTISEMENT

# # #


स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे ।

त्यस्तै प्रदेश २ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए ।

प्रतियोगितामा बेष्ट फाईटर पुरुष तर्फको पुरस्कार नेपाली सेनाका सक्षमकार्कि र बेष्ट फाईटर९महिला०तर्फ नेपाली पुलिसका रेजिना कार्कि घोषित भई पुरस्कृत भए भने बेष्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।

मंगलबार सम्पन्न समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते ।

त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् । पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते ।

महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे । पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते ।

महिला ७३ केजि तौल माथि प्रहरीकी मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुंगले रजत जितिन ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी संघिय ईकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षक राजेश लाल कर्ण, नेपाल तेक्वान्दो संघका केन्द्रिय सचिब नबिन कुमार श्रेष्ठ, केन्द्रिय सदस्य हिरा थापा, डब्लुटिएफका नेपाल प्रतिनिधी कोंगयोंग दाल, नेपालका मुख्य प्रशिक्षक नन्दु कुमार राई, सिद्धार्थ यातायात ब्यबसायी संघका अध्यक्ष सञ्जिब रोक्का थिए ।

यस्तै एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक बिजय राणा, नेपाल सुटिंग संघ रुपन्देहीका अध्यक्ष ज्योत्सना राणा, भैरहवा ब्याडमिन्ट क्लबका कोषाध्यक्ष गणेश बहादुर क्षेत्री, रुपन्देही जिल्ला खेलकुद बिकाश समितीका कार्यालय प्रमुख संगमसिंह थापा, पुर्ब तेक्वान्दो खेलाडी तथा ओलम्पियन संगिना बैद्य, प्रदेश ५का तेक्वान्दो संयोजक कोशिष खडका लगायतले पदक, ट्रफी, प्रमाणपत्र प्रदान गरेका थिए ।

बिजेता तथा उप बिजेता टिम र उत्कृष्टहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेश ५ का संयोजक कोशिष खडका, उपाध्यक्ष द्धय प्रकाश मान राजभण्डारी र पराग दास गोर्खाली र रुपन्देहि जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले ट्रफी र पुरस्कार सौजन्य गरेका थिए । प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए ।