काठमाडौँ – सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो।


ADVERTISEMENT


बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले आवश्यकता महसुस गरेकाले राजदूताई फिर्ता बोलाएको बताए ।


ADVERTISEMENT

# # #


सरकारले राजदूत ‘सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्री बास्कोटाले भने, ‘यसमा किन कसो भन्ने हुँदैन। आवश्यकता परे अन्त पनि पठाइन्छ, फिर्ता पनि बोलाइन्छ । किन कसो भनिराख्नु परेन । यो सरकारको कार्यक्षेत्र भित्रको कुरा हो ।’

मन्त्री बास्कोटाले अहिलेसम्म काम गरेकोमा राजदूतलाई धन्यवादसमेत दिए। ‘अहिलेसम्म काम गर्नुभएकोमा राजदुतलाई धन्यवाद’, प्रवक्ता बास्कोटाले भने।

यस्तै मंगलबारको मन्त्रीपरिषद्को बैठकले विभिन्न २२ वटा महत्पूर्ण निर्णय गरेको छ।

यस्ता छन् निर्णयहरु