देशलाई कार्पेटमा आत्मनिर्भर बनाउनु पर्छ भनेर सञ्चालनमा आएको यती कार्पेट उद्योगमा गत असार ३ गतेको राती आगलागी भएर करिब डेढ अर्बको क्षति भयो । अनिल केडियाको २५ वर्षको लगानी आगोको एकै झिल्कोले खरानी बनाइदियो । नेपाली कार्पेट बजारमा करिब ७० प्रतिशत हिस्सा ओगटिसकेको यती कार्पेट अहिले पूर्ण रुपमा बन्द छ । बजारमा यसको यति ब्रान्ड बनिसकेको थियो कि उपभोक्ताहरुमा कार्पेट भनेको नै यती हो र यती भनेको नै कार्पेट हो भन्ने एक किसिमको मानसिकता बसेको थियो । बजारमा यति ठूलो ब्रान्ड बनिसकेको उद्योग अब सञ्चालन हुन्छ कि हुँदैन ? यती ब्रान्डलाई नेपाली बजारमा पुनः स्थापित गर्न कहिलेदेखि उत्पादन सुरु हुन्छ ? केडिया अर्गनाइजेसनका अन्य उत्पादनहरु कसरी सञ्चालन भइरहेका छन् ? लगायतका विषयमा केडिया अर्गनाइजेसनका सञ्चालक अनिल केडियासंग हिमालयपोष्टले गरेका कुराकानीको सम्पादित अंश


ADVERTISEMENT


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
व्यस्त त, हामी व्यापरी हो, व्यापार मै व्यस्त हुनुपर्छ । यती कार्पेटमा लागेको आगोको कारण बीमाको काममा बढी व्यस्त भइयो । बीमा प्राप्त भएपछि मात्र अर्को फ्याक्ट्री कसरी सञ्चालन गर्ने ? कती रकम आउँछ भन्ने हिसाबले भविष्यको योजना बनाउने काम भइहेको छ । अरु त स्कुल कलेजमा आउने जाने त्यही हो ।


ADVERTISEMENT

# # #


केही समय पहिले यती कार्पेटमा लागेको आगोका कारण के कस्तो क्षती भयो ? जुन यो घटनामा राज्य स्तरबाट सुरक्षा लगायतका कुराको के कस्ता अपेक्षा गर्नु भएको थियो र कस्तो सहयोग मिल्यो ?

एक किसिमले क्षती हुँदैन किन भने कम्पनीको बीमा गरिएको हुन्छ । तरपनि मेसिन, कच्चा पदार्थ लगायतका सामाग्रीहरु नष्ट भयो । बीमा बाट पाइहालिन्छ । आज २८ साल भयो त्यस्तो घटना केही भएको थिएन । केही हुन्छ भन्ने दिमागमै थिएन । बजारमा हाम्रो उत्पादन ल्याउन कती समय लाग्ने हो ? त्यो अनुसार प्रतिस्पर्धाको कुरा आउँछ । ब्रान्डलाई पुनः स्थापित गर्नुपर्यो । उत्पादन भइरहेका बेलामा त बजारमा आफ्ना ग्राहकले त्यो सामाग्री नपाएपछि समस्या हुन्थ्यो । झन् यसमा त फ्याक्ट्री नै बन्द भएको छ । त्यसकारण यसलाई पुनः स्थापित गर्न चुनौति रहेको छ ।

राजनीतिक अस्थिरताका कारण हामी मात्र होईन सम्पूर्ण मानिसले अपेक्षा गर्ने अवस्था वर्तमानमा छैन । तर सुरक्षाको कुरा गर्दा सहयोग नमिलेको भन्ने अवस्था छैन । सिडियो साहेब समते खटिनु भएको थियो । एसएसपी साहेब पनि रातभर त्यहीँ हुनुहुन्थ्यो । सेनाले पनि सहयोग गरेको थियो । प्राविधिक साधान नभएपछि खाली मेहनेतले मात्रै नहुँदो रहेछ । त्यहाँ दमकल भइदिएको भए मेसिनहरु जल्ने थिएनन् । किनभने आगलागी भएको तीन घण्टा पछिमात्रै मेसिन जलेका थिए । प्राविधिक साधान बढी भएका भए बचाउन सकिन्थ्यो ।

लामो समयदेखिको संलग्नता र मेहनेतले खडा भएको त्यत्रो उद्योग आफ्नै आँखा अगाडी आगलागी भएर नष्ट भइरहँदा असर कस्तो पर्दोरहेछ ?
व्यापारीको पूजा , धर्म नै व्यापार गर्ने हो । असर त, मान्छेलाई रातदिन काम गर्ने बानी भइसकेको एकदिन गर्न नपाइ छटपटी हुन्छ । यो त एक किसिमले बन्दको अवस्था सिर्जना भयो । जीवन जहाँबाट सुरु गरेको थिएँ, करिबकरिब त्यहीँ पुगेको महसुश गर्दैछु । एक किसिमले आफ्नो प्रिय मानिसको समसान घाटमा चिता जलाएर घर फर्केको मान्छेको जस्तो पीडा भयो । किनभने उद्योगपतिको त जे भनेपनि त्यही उद्योग हो । पैसा मात्र नभएर सामाजिक प्रतिष्ठाको कुरो पनि आउँछ । काम गर्ने स्टाफहरुको बिचल्ली भयो । तिनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरो आउँछ । आफ्नो उत्पादनको बजार व्यवस्थापनको कुरा आउँछ । त्यो एउटा उद्योगले यससंग सम्बन्धित सम्पूर्णलाई प्रभावित पार्छ ।

 जुन किसिमको क्षती भयो, यसको पुनः पूर्तिका लागि तथा यती ब्रान्डलाई बजारमा स्थापित गराउनका लागि अब कसरी अगाडी बढ्नुहुन्छ ? यसका लागि कती समय लाग्छ ?

यसको पुन: स्थापना गर्नु नै अबको उपाय हो । पूरानो गयो भनेर रोएर त भएन । ब्रान्ड हाम्रो धेरै ठूलो छ । यस्लाई मार्नु त भएन । केही कुरा गर्ने भनेको उमेर हुन्छ । उमेर अनुसार सोचाई र गराईमा परिवर्तन हुँदै जान्छ । बैंकबाट लोन लिएर फेरी एक्लै चलाउने या कसैको साथ लिएर जाने भन्ने विषयमा सोच्दै छु । एक्लै सकियो भने एक्लै गर्छु । कोही राम्रो मान्छे भेटायो भने सहकार्य गर्न सकिन्छ । समयले कसरी अगाडी बढाउँछ त्यसरी जान्छु । यसको लागि एक वर्षको समय लिएको छु । त्यो भन्दा ढिलो भयो भने त हामी बजारबाट हाम्रो ब्रान्डलाई थेग्न सक्दैनौँ । त्यसकारण एक वर्षमा यो सुरु हुन्छ ।

वर्तमान समयमा अन्य उत्पादनसंग प्रतिस्पर्धा गरेर बजारमा आफ्नो ब्रान्डको पहुँच बढाउनका लागि तथा प्रतिष्ठालाई कायम राख्नका लागि के कस्तो आवश्कता पर्दोरहेछ ?

अहिलेको समयमा प्रतिस्पर्धा यती छ कि एउटा कुराले मात्र स्थापित हुन सकिँदैन । पहिले उत्पादन गरिदिए भहाल्थ्यो तर अब समय परिवर्तन भइसक्यो । उत्पादको गुणस्तर हुनुपर्यो, ‘डेलिभरी सिस्टम’ राम्रो हुनपर्यो । वितरण प्रणाली राम्रो हुनु पर्छ । मूल्य धेरै ठूलो तत्व हो भने प्यवहार पनि उत्तिकै आवश्क छ । बजारीकरण र प्रचारप्रसार पनि समा जोडिएका छन् । त्यस कारण अहिलेको समयमा एउटा कुराले मात्र स्थापित हुन सकिँदैन । समय र परिस्थितिसंगै प्रविधीको पनि सदुपयोग गर्नु जरुरी छ ।

यहाँले सञ्चालन गरिरहेको केडिया अर्गनाइजेसन अन्तर्गतका अन्य उत्पादनहरु कसरी सञ्चालन भरहेका छन् ? कस्ता छन् सेवाहरु ?
अरु दाईहरु के गर्छन् मलाई त्यती जानकारी भएन । म आफु जे कमाउछु उसैमा बुझ्छु कि यही मेरो बानी हो । बुवाले कमाएको पैसामा पनि मैले कहिल्यै बुवासंग मागिन । म त सेवामा छु । मैले डीएभी स्कुल चलाएको छु । जुन नेपालको राम्रो स्कुलभित्र पर्छ । मान्छेहरु व्यापारीले स्कुल चलायो भन्छन् । तर म के भन्छु भने व्यापारीले झन् राम्रो संग चलाउँछ । स्कुल स्थापनापछि जुन दिन मसंग १४ वटा बच्चा थियो । त्यो दिन पनि मलाई व्यवस्थापन बारे आफुलाई थाहा छ भन्ने विश्वास थियो । मेरो स्कुल म राम्रो बनाउन सक्छु भन्ने आँट थियो । त्यो बेला मलाई अलिअलि भित्रबाट विश्वास थियो । हामी व्यापारीहरुले त गुणस्तरमा सम्झौता गर्दैनौँ । व्यावस्थापनको क्षमता भगवानले हामीसित दिएकै हुन्छ । डीएभी पनि राम्रो भएको आज तपाईहरुले सुनेको होला । हाम्रो विद्यार्थी नै हाम्रो गुणस्तरको प्रवक्ता हुन् ।

अन्त्यमा, आफ्ना सम्पूर्ण ग्राहकहरु वा उपभोक्ताहरु, स्कुलतिरका अभिभावकहरु र विद्यार्थीहरु के भन्न चाहानु हुन्छ ?

मैले भन्ने कुरा यो नै हो कि देशमा सकारात्मक वातारण हुनुपर्छ । सम्पूर्ण उपभोक्तलाई त मैले भनेँ । तपाईहरुले माया गर्नु भयो । विश्वास देखाउनु भयो । आगलागीको बेला सबैको फोनपनि आयो । अझ पनि माया गरिदिनु होला । सबैको साथ सहयोग पाएमा मैले उद्योगलाई पुनः स्थापनाको लागी आवश्यक कामहरु सुरु गर्दैछु । गुणस्तरमा कहिल्यै सम्झौता हुनसक्दैन ।