काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो ।


ADVERTISEMENT


महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सिटमुनी कालो झोलामा १३।८८ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तका प्रमुख थापाले बताए ।


ADVERTISEMENT

# # #