काठमाडौं –इण्डियन प्रिमियर लिग (आइपीएल)का सर्वाधिक विकेट लिने दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडाले आइपीएलका बाँकी खेल गुमाउने भएका छन् । आइपीएलमा दिल्ली क्यापिटल्समा आवद्ध रबाडा दक्षिण अफ्रिका क्रिकेटले फिर्ता बोलाएको हो ।


ADVERTISEMENT


दिल्लीले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै रबडाले जारी आईपीएलको बाँकी खेल नखेल्ने उल्लेख गरेको छ । टिममा परेका खेलाडीलाई दक्षिण अफ्रिकाले विश्वकपअघि आफ्ना खेलाडी घाइते हुनसक्ने भन्दै बोलाएपछि रबडा दिल्ली क्यापिटल्सको बाँकी खेल छोडेर गएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रतियोगिता चलिरहँदा दिल्ली क्यापिटल्स छाड्न मलाई निकै अप्ठ्यारो भएको छ । तरपनि विश्वकप एक महिनाभन्दा पनि नजिक रहेकोले मलाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।’ रबाडाले भनेका छन्, ‘दिल्ली क्यापिटल्ससंगको यो संस्करण उत्कृष्ट रह्यो । म बाहिर रहेपनि हाम्रो टिमले ट्रफी जित्छ भन्नेमा विश्वस्त छु ।’

जारी आईपीएलमा रबडा सर्वाधिक विकेट लिने खेलाडी हुन् । तीव्रगतिका बलर रबडाले जारी आईपीएलमा १२ खेलबाट २५ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी ७.८२ रहेको छ ।