काठमाडौँ – एनआईसी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा ‘डिजिटल प्यामेन्ट’हरुमा ‘क्यास ब्याक’ योजनाहरु सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १ हजार सम्मको ‘क्यास ब्याक’ प्राप्त गर्नेछन् ।


ADVERTISEMENT

# # #


उक्त योजना अन्र्तगत अनलाइन पेमेन्ट (इ–कमर्स)बाट भुक्तानी गर्दा तथा बैंकको ‘क्यु आर प्यामेन्ट सिस्टम’ बाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वा उच्चतम रु. १ हजार सम्मको ‘क्यास ब्याक’ प्राप्त गर्नसक्नेछन् । यस्तै ‘पीओएस’बाट भुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५ सयसम्मको ‘क्यास ब्याक’ प्राप्त हुने बैँकले जनाएको छ ।

बैँकका अनुसार यो योजना बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ । यस योजनाबाट बैंकको ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।