काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै पार्टी अध्यक्ष हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ ।


ADVERTISEMENT

# # #


नेताहरुका अनुसार संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार हुनेछ ।

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य नयाँ शक्तिको १५१ र फोरमका २०० बढी हुनेछ । संघीय परिषदमा एक हजार बढी सदस्य रहनेछन् । जिल्ला संरचना पनि सोही अनुसार दुबै पार्टीको मिलाइनेछ ।

पार्टी एकता घोषणा कार्यक्रम बैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा हुने जनाईएको छ ।

प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका एक सांसद छन् ।