काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपीएल)को क्वालिफायर्समा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्ली आइपीएलको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको हो ।


ADVERTISEMENT


सन्दीप बिना नै मैदान उत्रिएको दिल्लीले टस जितेर बलिङ राजेपछि ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो । १६३ रनको लक्ष्य दिल्लीे एक बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्यो ।


ADVERTISEMENT

# # #


दिल्लीका लागि पृथ्वी श र रिसभ पन्तले उत्कृष्ट खेले । पृथ्वीले ३८ बलमा ६ चौका र २ छक्काको मदतमा ५६ रन बनाए । यस्तै आक्रामक ब्याटिङ गरेका रिसभले २१ बलमा ४९ रन हाने । यस क्रममा उनले ५ छक्का र २ चौका ठोके ।

हैदरावादका लागि खलिल अहमेद, भुवनेश्वर कुमार र समान २-२ विकेट लिए ।

यसअघि हैदरावादका लागि मार्टिन गप्टीलले ३६, मनिस पाण्डेले ३०, कप्तान केन विलियम्सले २८ रन बनाउँदा विजय शंकर २५ रनमा आउट भए ।

दिल्लीका लागि किमो पलले ३ विकेट लिए । इशान्त शर्माका नाममा २ विकेट रह्यो भने ट्रेन्ट बोल्ट र अमित मिश्रले १-१ विकेट हात पारे ।

दिल्लीले फाइनल प्रवेशका लागि महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सिपर किंग्ससंग खेल्नेछ ।