काठमाडौं – कर्मचारी सरुवाको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीहरुबीच तनाव उत्पन्न भएको छ ।


ADVERTISEMENT


बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच तनाव भएपछि धकेला धकेलको अवस्था सिर्जना भएको निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सो मन्त्रालयबाट सहसचिव विश्ववन्धु रेग्मीले उद्योग विभागमा सरुवा भएर जान खोजेपछि विनोद खड्कालाई पठाइएपछि विवाद उत्पन्न भएको हो । नेपाली काँग्रेस निकट कर्मचारी संगठनका उपाध्यक्ष अधिकारीको समूह सरुवाको विषयमा बुझ्न जादा मन्त्रीले आफूलाई धकेलेको बताए ।

उनले कर्मचारी युनियनका केन्द्रीय सदस्य समेत रहेका विश्वबन्धु रेग्मीको फाइल ३ पटक सम्म अस्वीकृत गरेर अर्को मान्छेलाई मापदण्ड विपरित सरुवा गरेपछि छलफल गर्न जाँदा सो घटना भएको जानकारी दिए ।