काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहसंयोजक रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहसंयोजक तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उनले भने, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।”


ADVERTISEMENT

# # #


सहसंयोजक तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताए । ‘म पदबाट राजिनामा दिन्नँ’, उनले भने, “मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवरी दिनुपर्छ ।”रासस