सुर्खेत– आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।


ADVERTISEMENT


घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग दर्ताबाट रु एक करोड एक लाख १९ हजार राजश्व संकलन भएको छ । उद्यमीलाई कर छुट र औजार उपलब्ध गराएको उनले बताए ।


ADVERTISEMENT

# # #


कार्यालयमा आवश्यक जनशक्ति नभएका कारण काम गर्न समस्या भएको न्यौपानेको भनाइ छ । आठ महिनादेखि पाँचजना अधिकृतको दरबन्दी रहेकामा तीन जनाले मात्रै काम गरिरहेका छन् ।