राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नं ३ ले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा प्रदेश ३ ले प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश ५ ले १२२ रन बनायो । प्रदेश ३ ले १२३ रनको लक्ष्य २१.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । रित गौतम र रविन जोशीले पहिलो विकेटका लागि ७२ रनको उत्कृष्ट साझेदारी गरेपनि प्रदेश ३ ले सहज जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


रितले ३७ र रबिनले ३५ रन बनाए। इशान पाण्डेले अविजित २१ र आदील खानले अविजित १२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। पारस खड्का १ र अभिषेक बस्नेत २ रन बनाएर आउट भए।

प्रदेश ५ का लागि अनिल खरेलले सिद्धान्त राज शाहीले समान २-२ विकेट लिए ।

यसअघि प्रदेश ५ लाई १२२ रनमा सिमित गर्न कप्तान पारस खड्काले ४ र सूर्य तामाङले ३ विकेट लिए। पारसले १० ओभरमा ३ मेडन ओभर गर्दै २४ रन खर्चिए भने तामाङले १० ओभरमा ३ ओभरनै मेडन गर्दै १६ रन खर्चिए। यस्तै नन्दन यादवले २ तथा प्रतिश जिसीले १ विकेट हात परे ।

प्रदेश ५ को लागि शुबेन्दु पाण्डेले सर्वाधिक २० रन बनाए भने सुरज दराईले १८, सन्दिप सुनारले १४ र सौरभ खनालले १३ रन बनाए।