काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री नरेद्र मोदीबीच भेटवार्ता भएको छ । ओली र मोदीबीच शुक्रबार बिहान हैदरावाद आउसमा भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा दुईपक्षीय सम्बधबारे छलफल भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले जनाएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएकाभारतीय प्रधानमन्त्री नरेद्र मोदीको शपथ समारोहमा भाग लिन बिहीबार दिल्ली प्रस्थान गरेका थिए ।

मोदीले बिहीबार नै राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका मोदीले यसपटक भने बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका थिए।

प्रधानन्त्री ओली आजै स्वदेश फर्किनेछन् ।