काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । प्रधानमन्त्री ओलीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा शुक्रबार बिहान मोदीलाई भेट्दै रुद्राक्ष उपहार दिएका हुन् ।


ADVERTISEMENT


ओलीले मालासहित पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको तस्विर समेत उपहार दिएका छन् । साथै नेपालको पहिचान खुल्ने चाँदीको मुद्रा समेत उपहार दिइरहेको तस्विर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT

# # #


दोस्रो कार्यकालका लागि मोदीले बिहीबार नै राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए । उनको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री ओली पनि बिहीबार नै नयाँ दिल्ली गएका थिए । यसअघि पहिलो पटक प्रधानमन्त्रीको शपथ लिँदा सार्कका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका मोदीले यसपटक भने बिमस्टेकसहितका १० राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलाई निम्ता दिएका थिए।

प्रधानन्त्री ओली आजै स्वदेश फर्किनेछन् ।