सोलुखुम्बु – प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका कार्यकर्ताले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयास गरेका छन् । आइतबार राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास गरेको हो ।


ADVERTISEMENT


राति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ ।


ADVERTISEMENT

# # #


स्थानीयका विप्लवका कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएका थिए । चौकीमा चारजना मात्रै प्रहरी थिए । राति चौकी छाडेर भागेका प्रहरी बिहान सात बजे चौकीमा फर्केका थिए ।

यही विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले सोमबार सुरक्षा समितिको बैठक बोलाएको बताइएको छ ।

थप सुरक्षा टोली पठाइयो

सशस्त्र प्रहरी स्रोतका अनुसार आज बिहानै काठमाडौंबाट सशस्त्र प्रहरीको ११ जनाको र नेपाल प्रहरीको २० जनाको विशेष टोली हेलिकप्टरबाट सोलुखुम्बु पुगेर परिचालित भएको छ ।

विराटनगरबाट पनि प्रहरी टोली सोलुखुम्बु पुगेको बताइएको छ । हतियारधारी समूह जंगलमा देखिएको र त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।