काठमाडौँ – हिमालयन हाइड्रो पावर लिमिटेडले आईपिओ निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


ADVERTISEMENT


हिमालयन हाइड्रोले  १००/९ अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आईपिओ निष्काशन गर्न लागेको हो जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानिय क्षेत्रहरुको लागि छुट्याइएको छ ।


ADVERTISEMENT

# # #


आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ । आईपिओ निष्काशन सम्बन्धि सम्झौता लिखतमा मंगलबार हिमालयन हाइड्रो पावरका तर्फबाटका संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटलका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दशैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

जनता बैंक नेपालको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसंगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माईक्रोफाईनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी (आरटीएस) कारोवार शुरु गरिसकेको छ ।