काठमाडौं– प्रमुख दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी नेतृत्वको आलोचना तथा प्रशंसा भएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय, सानेपामा आजबाट शुरु भएको उक्त बैठकमा पार्टी नेतृत्वको आलोचना भएको एक नेताले जानकारी दिए । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीति र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा भैरहेको छ ।


ADVERTISEMENT

# # #


बैठकको सुरुमा रामचन्द्र पौडेलले बोलेका थिए । उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी हार्नुको जिम्मा सभापतिले लिनुपर्ने धारणा राखे । उनले स्थानीय तहको निर्वाचनको मतपरिणामले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रभाव पार्ने धारणा राखे ।

उनले भने,‘पार्टीमा गुटको सिर्जना नगरौ, जित्नेलाई टिकट दिनुपर्यो, जनताले मन पराएको मान्छेलाई टिकट दिनुपर्छ, आउने चुनावमा हामी एक भएर जानुपर्यो, नेतृत्वको कमीकमजोरी हुनुभएन’

बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एकढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा राखेका थिए । उनले अब मधेश निर्वाचनमा दुई तिहाईले जित्नुपर्ने समेत धारणा राखे ।

बैठकमा स्थानीय तहको दुईवटा निर्वाचनको समीक्षा गरिनुका साथै प्रदेश नं दुईमा आगामी असोज २ गते हुने निर्वाचन सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा बोल्नेमा नेता महेश आचार्यले आपत्ति जनाए । उनले पार्टी सभापति आईजीपी प्रकरण, लोकमान, राजदुत नियुक्ती प्रकरण र आईएनजीओले चलाएको अन्र्तवाता दिन गएकोबारे आपत्ति जनाएका थिए । उनले पार्टी सभापति यी विषयमा चुकेकोले पार्टीलाई ठूलो घाटा पुगेको धारणा राखेका थिए ।

त्यस्तै पौडेल पक्षबाट नेताहरु क्रमशः बलबाहादुर केसी, गुुरुराज घिमिरे, कल्यण गुरुङ, कमला पन्तले पनि नेतृत्वको आलोचना गरे । त्यस्तै रामकृष्ण यादवले पनि आफ्नो धारणा राखेका थिए ।

यता पार्टी सभापति देउवा पक्षबाट नेताहरु भीष्म आङ्दाम्बे, फर्मुल्ला मन्सुर, महेन्द्र यादवले सभापतिको आलोचना नगर्न आग्रह गरेका थिए । उनीहरुले पार्टी सभापतिलाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

आजको बैठकमा नेताहरु क्रमशः शंकर भण्डारी, प्रदिप पौडेल र पार्वती डिसि चौधरीले पनि बोलेका थिए ।